नेकपा एमाले, केन्द्रीय लेखा आयोगको तर्फबाट बाग्मती प्रदेश कमिटीको २०८२/०८३ को अन्तिम लेखा परिक्षण सम्पन्न भएको छ । प्रदेश लेखा कमिटीले आन्तरिक लेखा परिक्षण सम्पन्न गरिसकेपछि आज केन्द्रीय लेखा आयोगको तर्फबाट अन्तिम लेखा परिक्षण गरिएको हो ।
अन्तिम लेखा परिक्षणपछि आयोगका केन्द्रीय अध्यक्ष कमरेड पुष्प कंडेलले प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेललाई अन्तिम लेखा परिक्षण प्रतिवेदन पार्टीको प्रदेश कार्यालय च्यासलमा हस्तान्तरण गर्नु भएको प्रदेश कमिटीका उपसचिव तथा वित्त व्यवस्थापन प्रमुख रमेश आचार्यले बताए । लेखा परिक्षणमा केन्द्रीय लेखा आयोगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र हरि कुमार श्रेष्ठ संलग्न रहेका थिए ।
लेखा परिक्षण प्रक्रिया गर्ने क्रममा लेखा व्यवस्थापन प्रणाली,व्यवस्थित आम्दानी खर्चको रेकर्डसहितको कागजात, आम्दानीको पारदर्शीता र खर्चमा मितव्ययिता अत्यन्त सबल पक्ष रहेको पाईएको आयोगका सदस्य नवीन सिग्देलले बताए । जिल्ला र पालिका कमिटीहरूको केन्द्रीय लेखा आयोगको तर्फबाट लेखा परिक्षण कार्य समेत अगाडि बढाईने समेत सिग्देलले जानकारी दिए ।
पार्टी जीवनमा आर्थिक अनुशासन, पारदर्शीता र प्रणालीलाई स्थापित गर्न लेखा परिक्षण महत्वपूर्ण रहेको केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिनले बताइन । उनले मंसिर महिनाभित्र बाग्मती प्रदेश कमिटी मातहतको १० वटा जिल्ला, महानगरपालिका र उपमहानगरपालिका सम्पन्न गरिसक्ने जानकारी दिए ।
















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्