मकवानपुरको कैलाश गाउँपालिका–९ मा उज्यालो नेपाल पार्टीले संगठन विस्तार गरेको छ। नामटारमा आयोजित भेलाले श्रीकृष्ण थिङको अध्यक्षतामा २४ सदस्यीय वडा कमिटी गठन गरेको हो। कमिटी गठनसँगै विभिन्न तीन राजनीतिक दल परित्याग गरी ७० जना उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।
नवगठित कमिटीको उपाध्यक्षमा विपना गोले र पूर्ण सिं गोले, सचिवमा सेरप रुम्बा तथा कोषाध्यक्षमा हिमाल घलान चयन भएका छन्। पार्टीले वडा कमिटी गठनमार्फत स्थानीय तहमा संगठनलाई थप व्यवस्थित र विस्तार गर्ने जनाएको छ।
‘सुशासन, समृद्धि र सामाजिक न्यायका लागि’ भन्ने नारासहित आयोजित कार्यक्रम सुकुलाल थिङको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य मेजरमान मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका जिल्ला संरक्षक ओम घलान, बागमती प्रदेश कमिटी सचिव रामप्रसाद कलाखेती, जिल्ला उपाध्यक्ष उत्तम गोम्जालगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस परित्याग गरी ७० जना पार्टीमा प्रवेश गरेको आयोजकले जनाएको छ। नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै आयोजकले कैलाश गाउँपालिका–९ मा संगठन विस्तारका गतिविधिलाई अघि बढाउने जनाएको छ।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्