हेटौंडा–७ नागस्वतीमा कात्तिक १३ गतेदेखि पाँचदिने निःशुल्क बृहत् योग शिविर सञ्चालन हुने भएको छ ।पतञ्जली योग ७ नम्बर वडा समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–७ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा कात्तिक १७ गतेसम्म शिविर सञ्चालन हुन लागेको हो ।
नवज्योति माध्यमिक विद्यालयको फुटबल मैदानमा सञ्चालन हुने शिविर हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म चल्ने प्रचारप्रसार संयोजक नवराज खतिवडाले जानकारी दिए । उनका अनुसार शिविरमा पतञ्जली योगपीठ नेपालका अध्यक्ष तथा योग प्रशिक्षक लवदेव मिश्रले प्रशिक्षण दिनेछन् ।
शिविरमा योग, प्राणायाम तथा स्वास्थ्यसम्बन्धी विभिन्न अभ्यास गराइने आयोजकले जनाएको छ । योग तथा प्राणायामका माध्यमबाट नागरिकको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको संयोजक खतिवडाले बताए ।
शिविरमा वात, पित्त र कफको सन्तुलन, पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या र मुटु, फोक्सो तथा मस्तिष्कको स्वास्थ्यमा योगको भूमिकाबारे अभ्यास तथा जानकारी दिइने जनाइएको छ । त्यसैगरी मोटोपन, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी समस्याको जोखिम न्यूनीकरणमा योगको भूमिकाबारे पनि प्रशिक्षण दिइने खतिवडाले जानकारी दिए ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्