मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स भेटिएको छ । नगद ३ हजार १ सय ६० रुपैयाँ, सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब (ब्लूबुक) र दुईवटा एटीएम कार्डलगायत महत्वपूर्ण कागजातसहितको पर्स फेला परेको हो ।
थाहा नगरपालिका–१, कुन्छाल सुनौलोडाँडा स्थित सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन अस्थायी बेस कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार इन्द्रनारायण चौधरीले फेला पारेको उक्त कागजातसहितको पर्स विष्टलाई बुक्राइएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक इन्द्रेश सिंहको रोहवरमा पर्स विष्टलाई बुझाइएको हो ।
नगद तथा महत्वपूर्ण कागजातसहितको पर्स फेला पारेर सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने सशस्त्र प्रहरीको कार्यले इमानदारी, जिम्मेवारी र सेवाभावको उदाहरण प्रस्तुत गरेको छ । विष्ट कुलेखानी घुम्न गएर फर्किने क्रममा पर्स हराएको थियो ।

हराएको सामान फेलापारेपछि विष्टले सशस्त्र प्रहरी बल नेपाललाई धन्यवाद दिँदै स्थानीयले सुरक्षाकर्मीको इमानदारी र नागरिकप्रतिको सेवाभावको प्रशंसा गरे । पर्स हस्तान्तरणका बेला सुनौलो सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रुपचन्द्र गोपाली, रेणु गोपाली तथा सशस्त्र प्रहरीहरुको समेतको उपस्थिती थियो ।















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्