नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षधर मकवानपुरमा वडा, पालिका र क्षेत्रीय अधिवेशनको तयारीमा जुटेको छ । कांग्रेसको संस्थापन पक्ष काठमाडौँमा केन्द्रीय अधिवेशसनको अन्तिम तयारीमा जुट्दै गर्दा कांग्रेसको देउवा पक्षधर वडा हुँदै क्षेत्रीय अधिवेसनको तयारीमा जुटेको हो । कांग्रेसका देउवा पक्षधरका मकवानपुरका संयोजक भीम लामाले १५ औँ महाधिवेसन अन्तर्गत असोज १८ गतेभित्रमा वडा अधिवेसन सम्पन्न गरी असोज २० गते गाउँ तथा नगरपालिकाको अधिवेसन गर्ने गरी आन्तरिक तयारी भईरहेको जानकारी दिए ।
उनले असोज २३ गते प्रदेश क्षेत्रीय अधिवेसन गर्ने र आगामी कात्तिक १५ गते जिल्ला अधिवेसन गर्ने कार्यतालिका रहेको बताए । उनले पार्टीभित्र सम्पूर्ण एकता र सुदृढ कांग्रेसको पक्षमा आफूहरु रहेको सुनाए । जिल्लाका सबै वडा, १० वटा पालिका र क्षेत्रीय अधिवेसन गर्न जिम्मेवारीसहित परिचालन गरिएको उनको भनाई छ । कांग्रेसको देउवा पक्षधरले हेटौँडा उपमहानगरपालिका २ मा जिल्ला पार्टी कार्यालय राख्ने गरी तयारी गरेको छ ।
देउवा पक्षधरले आगामी मंसिर ४ गते प्रदेश अधिवेसन र मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेसन गर्ने गरी कार्यतालिका बनाएको छ । कांग्रेसमा समानान्तरत रुपमा पार्टीको गतिविधि बढाएको देउवा पक्षधरले अधिवेसन गर्न जिल्ला संयोजक तोकेर वडा तहको अधिवेसन हुँदै महाधिवेसनको प्रक्रिया सुरु गरेको छ ।
उता कांग्रेसको संस्थापन पक्षले जिल्ला र प्रदेश अधिवेसन बिनानै केन्द्रीय अधिवेसन गर्दै छ । मकवानपुरका संयोजक लामा यसअघि २०६४ को संविधान सभा निर्वाचनमा मकवानपुरमा कांग्रेसबाट संविधान सभा सदस्य उम्मेदवार बनेका थिए । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षधर मकवानपुरमा वडा, पालिका र क्षेत्रीय अधिवेशनको तयारीमा जुटेको छ । कांग्रेसको संस्थापन पक्ष काठमाडौँमा केन्द्रीय अधिवेशसनको अन्तिम तयारीमा जुट्दै गर्दा कांग्रेसको देउवा पक्षधर वडा हुँदै क्षेत्रीय अधिवेसनको तयारीमा जुटेको हो ।
कांग्रेसका देउवा पक्षधरका मकवानपुरका संयोजक भीम लामाले १५ औँ महाधिवेसन अन्तर्गत असोज १८ गतेभित्रमा वडा अधिवेसन सम्पन्न गरी असोज २० गते गाउँ तथा नगरपालिकाको अधिवेसन गर्ने गरी आन्तरिक तयारी भईरहेको जानकारी दिए ।
उनले असोज २३ गते प्रदेश क्षेत्रीय अधिवेसन गर्ने र आगामी कात्तिक १५ गते जिल्ला अधिवेसन गर्ने कार्यतालिका रहेको बताए । उनले पार्टीभित्र सम्पूर्ण एकता र सुदृढ कांग्रेसको पक्षमा आफूहरु रहेको सुनाए । जिल्लाका सबै वडा, १० वटा पालिका र क्षेत्रीय अधिवेसन गर्न जिम्मेवारीसहित परिचालन गरिएको उनको भनाई छ । कांग्रेसको देउवा पक्षधरले हेटौँडा उपमहानगरपालिका २ मा जिल्ला पार्टी कार्यालय राख्ने गरी तयारी गरेको छ ।
देउवा पक्षधरले आगामी मंसिर ४ गते प्रदेश अधिवेसन र मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेसन गर्ने गरी कार्यतालिका बनाएको छ । कांग्रेसमा समानान्तरत रुपमा पार्टीको गतिविधि बढाएको देउवा पक्षधरले अधिवेसन गर्न जिल्ला संयोजक तोकेर वडा तहको अधिवेसन हुँदै महाधिवेसनको प्रक्रिया सुरु गरेको छ । उता कांग्रेसको संस्थापन पक्षले जिल्ला र प्रदेश अधिवेसन बिनानै केन्द्रीय अधिवेसन गर्दै छ । मकवानपुरका संयोजक लामा यसअघि २०६४ को संविधान सभा निर्वाचनमा मकवानपुरमा कांग्रेसबाट संविधान सभा सदस्य उम्मेदवार बनेका थिए ।
















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्