सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिएको छ ।
छठका लागि कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिइसकेको सरकारले उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन सोमबार पनि बिदा दिएको हो ।
गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनाअनुसार छठमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परालाई ध्यानमा राखेर सोमबार पनि सार्वजनिक बिदा दिइएको हो ।
















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्