बागमती प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८३÷०८४ को प्रथम त्रैमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । मन्त्रालयका सचिव महेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्रालय तथा मातहतका प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, सहकारी तालिम केन्द्र, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयको कार्यक्रमगत तथा वित्तीय प्रगति समीक्षा गरिएको थियो।
समीक्षामा प्रथम त्रैमासिक अवधिमा मन्त्रालयको वित्तीय प्रगति करिब २८ प्रतिशत र समग्र मातहतका कार्यालयको २० प्रतिशत रहेको जानकारी गराइएको थियो। कार्यक्रममा वार्षिक कार्यक्रम कार्यान्वयनको अवस्था, हासिल भएका उपलब्धि तथा कार्यसम्पादनमा देखिएका चुनौतीका विषयमा छलफल गरिएको थियो।
सोही अवसरमा मन्त्रालयको कार्यसम्पादनलाई थप नतिजामुखी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले सचिव भट्टराईले मन्त्रालयका महाशाखा प्रमुख तथा मातहतका कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौतासमेत गरेका छन् । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कल्याण रोकाया तथा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीलगायतको उपस्थिति रहेको थियो।
प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौताले मन्त्रालय र मातहतका निकायको संस्थागत जवाफदेहिता अभिवृद्धि गर्दै निर्धारित लक्ष्य समयमै हासिल गर्न र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्