मकवानपुरमा पहिलोपटक हुलाक कार्यालयमार्फत नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पु¥याइएको छ । जिल्ला हुलाक कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलकी लक्ष्मी थापामगरलाई घरमै सिमकार्ड पु¥याएर यो सेवा सुरु गरेको हो । जिल्ला हुलाक कार्यालय मकवानपुरका प्रमुख हुलाकअधिकृत कपिल पाण्डेका अनुसार थापा जिल्लामै हुलाकमार्फत् सिमकार्ड प्राप्त गर्ने पहिलो सेवाग्राही हुन् । नेपाल टेलिकमको सिमकार्डको मूल्य ९० रुपैयाँ र हुलाक सेवाशुल्क ७० रुपैयाँ भुक्तानी गरेपछि सेवाग्राहीले घरमै सिमकार्ड प्राप्त गर्नसक्ने व्यवस्था गरिएको उनले बताएका छन् ।
घरमै हुलाकका कर्मचारी आएर सिमकार्ड दिएपछि सेवाग्राही थापा खुशी भएका थिए । ‘मलाई त पत्यारै लागेको थिएन, घरमै सिमकार्ड आइपुग्यो, वर्तमान सर कारले बोलेको कुरा व्यवहारमा पनि देखियो, खुशी लाग्यो,’ उनले भने । हुलाक कार्यालयले यसअघि नै राहदानी घरमै पु¥याउने सेवा सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा मकवानपुरका १९८ जना सेवाग्राहीले हुलाकमार्फत् घरमै राहदानी प्राप्त गरेका थिए । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने ११ थान राहदानी घरमै पु¥याइएको कार्यालयले जनाएको छ । गत वैशाख २ गतेदेखि हुलाकमार्फत् राहदानी वितरण सुरु गरिएको थियो ।
वैशाखमा ११७, जेठमा ३६ र असारमा ४५ थान राहदानी वितरण गरिएको थियो । चालु आर्थिक वर्षको साउनमा दुई, भदौमा तीन र असोजमा छ थान राहदानी घरमै पु¥याइएको छ । राहदानी घरमै प्राप्त गर्न सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा आवेदन दिने क्रममा ५५ रुपैयाँ अतिरिक्त शुल्क बुझाउनुपर्ने व्यवस्था छ । हुलाकमार्फत् राहदानी लिने सेवाग्राहीको संख्या पछिल्लो समय घटेको प्रमुख हुलाकअधिकृत पाण्डेले बताए । राहदानी विभागबाट जिल्ला प्रशासन कार्यालयमा आइपुगेको राहदानी हुलाक कार्यालयमार्फत् सम्बन्धित सेवाग्राहीको घरमा पु¥याउने गरिएको छ । ‘छिटो चाहिने सेवाग्राहीले प्रशासन कार्यालयबाटै राहदानी लिनुहुन्छ,’ उनले भने । हुलाकमार्फत् राहदानी सेवा विशेषगरी टाढा र विकटक्षेत्रका सेवाग्राहीले लिने गरेका छन् । भीमफेदी, थाहा नगरपालिका, बकैया, बागमती, राक्सिराङ, कैलाश, मनहरी र इन्द्रसरोवरका साथै हेटौंडाका सेवाग्राहीले यो सेवा लिएका छन् । कार्यालयकाअनुसार सबैभन्दा बढी सेवाग्राही हेटौंडा र थाहा नगरका छन् ।
जिल्ला हुलाक कार्यालयले हेटौंडाको औद्योगिक क्षेत्र र हटिया हुलाक काउन्टर तथा जिल्लाका नौ वटा स्थानीय तहका पालिकाबाट सेवा दिँदै आएको छ । कार्यालयले विदेशबाट हुलाकमार्फत् आएका सामग्रीसमेत सेवाग्राहीको घरमै पु¥याउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १३ वटा पार्सल घरमै पु¥याइएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको तीनमहिनामा कार्यालयले टिकट बिक्री, चिठीपत्र दर्ता तथा अन्य सेवाबाट नौ लाख २८ हजार ७४५ रुपैयाँ राजस्व संकलन गरेको छ । यसअवधिमा टिकट बिक्रीबाट छ लाख, चिठीपत्र दर्ताबाट तीन लाख २६ हजार १५ र अन्य सेवाबाट दुई हजार ७३० रुपैयाँ राजस्व संकलन भएको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी सय कार्यसूचीअन्तर्गत ‘सरकारी सेवा घरघरमा’ अभियान अघि बढाइएको हो । कार्यसूचीको २७ औँ बुँदामा हुलाकसेवालाई आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रुपमा विकास गर्ने तथा राहदानी, नागरिकताको प्रतिलिपि र सवारीचालक अनुमतिपत्रलगायत सरकारी कागजात तथा सामग्री घरमै पु¥याउने व्यवस्था लागूगर्ने उल्लेख छ । नागरिकमैत्री सेवाप्रवाह मार्फत् सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत् मकवानपुरमा राहदानी र सिमकार्ड घरमै पु¥याउने सेवा सुरु गरिएको कार्यालयले जनाएको छ ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्