बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजना र थाहा नगरपालिकाको सहयोगमा हरेक बर्ष हुने जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको नवौं संस्करण यहि कार्तिक २० देखि कार्तिक २३ सम्म हुने भएको छ । थाहा नगरपालिका वडा नम्वर २ स्थित फाँटबजारमा प्रतियोगिता हुँदै आइरहेको छ ।
आठौँ संस्करणमा १२ टिमको सहभागिता थियो । आठौँ संस्करणमा आयोजकलाई ३–० को सोझो सेटले पराजित गर्दै तमु बहुउद्देश्यीय थाहा–५ ले जितेको थियो । सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक शंकर कार्कीले जानकारी दिए ।
प्रतियोगिताको पहिलो संस्करणमा थाहा १, दोस्रो संस्करणमा आयोजक बिनयबाबु, तेस्रो संस्करणमा थाहा १, चोथो र पाचौं आमभन्झाङ्ग युबा क्लब, छैठौं र सातौं मंड्गलेश्वर युवा क्ल्व र आठौं संस्करण थाहा ५ विजयी भएको थियो ।
प्रतियोगिता नवौँ संस्करणसम्म आइपुग्दा आयोजक सात पटक फाईनलमा पुग्न सफल भएको थियो जसमा छ पटक उपविजेता र एक पटक विजेता बन्न सफल भएको थियो । रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद २८ हजार ८ सय ८८रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र तथा तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र सहित बिधागत उत्कृष्ट खेलाडीहरुले नगद सहित मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको छ । नवौँ संस्करणमा पुरस्कारको राशीमा वृद्धि हुने सक्ने अध्यक्ष कार्कीको भनाइ रहेको छ ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्