मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । केदारेश्वर युवा क्लब, मनहरी–९ रजैयाको आयोजनामा आगामी असोज ३ गतेदेखि १० गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराकासाथ आयोजना गर्न लागिएको प्रतियोगितामा मनहरी गाउँपालिकाको ९ वटै वडाका फुटबल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने तथा स्थानीयस्तरमा ेलप्रतिभाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिताको विजेता टोलीले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ खर्चहुने अनुमान गरिएको छ । प्रतियोगिता मनहरी–९ रजैयास्थित खेलमैदानमा सञ्चालन गरिने आयोजक केदारेश्वर















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्