नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा समितिले सडक बालबालिकाको व्यवस्थापनमा क्रियाशिल संस्था मामाघर नेपालमा शुभकामना आदानप्रदान तथा सहयोग कार्यक्रम गरेको छ । वडा समितिले नेपालीहरुको महान चाड तिहार तथा छठ पर्वको पावन अवसरमा हेटौंडा–११, डाङ्डुङेस्थित मामाघर नेपाल पुगेर शुभकामना आदानप्रदान गर्नुका साथै संस्थालाई आर्थिक एवम् जिन्सी सहयोग हस्तान्तरण गरेको हो ।
कांग्रेस ११ नम्बर वडा समितिका सभापति विकास नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा समितिका ६० जना सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको वडा सभापति नेपालले बताए ।
नेपालका अनुसार वडा समितिले मामाघर नेपालमा संरक्षित भान्जाहरू (बालबालिकाहरू) का लागि अत्यावश्यक खाद्यान्न, सरसफाइका सामग्रीहरू र नगदसहित कुल २१ हजार ८ सय १० रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ । सहयोग ग्रहण गर्दै मामाघर नेपाल मकवानपुर परिवारले नेपाली काङ्ग्रेस ११ नम्बर वडा समितिप्रति हार्दिक आभार प्रकट गरेको छ । संस्थाले विगतदेखि नै प्राप्त हुँदै आएको निरन्तर साथ, सहयोग र हातेमालोका लागि धन्यवाद दिँदै सम्पूर्णमा दीपावली तथा छठ पर्वको मंगलमय शुभकामना समेत व्यक्त गरेको छ ।















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्