तिहार अगाडि जेष्ठ नागरिक र महिलालाई लक्षित गरि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को विभिन्न स्थानमा सिमेन्टको कुर्सी राखिएको छ । ४ नम्बर वडा कार्यालयको तर्फबाट “चोक चोकमा चौतारो बनाउ अभियान“ अन्तरगत सिमेन्टको कुर्सी राखिएको वडा अध्यक्ष नवीन सिग्देलले बताए ।
वडाका विभिन्न स्थानहरू मन्दिर, मस्जित, गुम्बा, चौतारा र विशेष गरी विहान बेलुका टोलबासी भेला हुने स्थानको छनौट गरि ३० वटा कुर्सी राखिएको र तिहारपछि अरू १४ वटा कुर्सी राखिने वडा अध्यक्ष सिग्देलले बताए । कर्राको पिपलबाटमा स्थानीयबासीको माग अनुसार २ वटा वडा कार्यालयले कुर्सीको व्यवस्थापन गरिएकोमा स्थानीय जेष्ठ नागरिक ध्रुव हाडाले खुसी व्यक्त गरे । ‘गुम्बा अगाडिको चौकमा ३ वटा सिमेन्टको कुर्सी वडा कार्यालयले दियो, हामी विहान बेलुका भेला भई दुःखसुख साट्ने ठाउँ भयो’ बुद्वपथकी स्थानीय जेष्ठ नागरिक शान्ति ढुङ्गानाले खुशी हुँदै प्रतिक्रिया दिइन् ।

समाजकल्याण विकास संस्थाका कोषाध्यक्ष हरि दाहालले टोलबासीको मागलाई वडाले सम्बोधन गरेकोमा धन्यवाद लिदए । वडा अध्यक्ष आफैँले सोधीखोजी गरी मस्जितको परिसरमा कुर्सी आफैँ आएर व्यवस्थान गरेपछि जामे मस्जिद समितिका अध्यक्ष तयस अन्सारीले आभार व्यक्त गरे ।
यसैबीच तिहार सकिए लगत्तै विभिन्न टोल विकास संस्थाको पहिचान हुने गरी टोल–टोलमा बोर्डहरू राखिने योजना रहेको वडा अध्यक्ष सिग्देलले जानकारी दिए ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्