‘न्हुँलगाउँ टी–२० क्रिकेट प्रतियोगिता’को उपाधि आयोजक न्हुँलगाउँ टोल विकास संस्थाले चुमेको छ । फाइनल खेलमा न्हुँलगाउँले दिएको ७७ रनको लक्ष्य पछ्याएको शिखर क्लब अन्तिम ४ रनले लक्ष्य पूरा गर्नबाट चुक्दै उपविजेतामा चित्त बुझाउन पुगेको हो । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० स्थित विसिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा २८ कार्तिकमा प्रतियोगिताको फाइनल खेल भएको थियो ।

उपाधिसँगै विजेता न्हुलगाउँ टोल विकास संस्थाले नगद ४५ हजार रुपैयाँसहित शिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता शिखर क्लबले नगद २० हजार रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाएको छ । तेस्रो भएको विसिङ्दखेल टाइगर्सले नगद १० हजार पुरस्कार पाएको छ ।

प्रतियोगितामा उत्कृष्ट रनर शिखरका उज्वल रायमाझी घोषित हुँदा उदयमान खेलाडी शिखरकै आर्यन कार्की हुन सफल भए भने प्रतियोगितामा सर्वाधिक विकेट ख्याग राइडर्सका मनोज महर्जनले घोषित भए । प्रतियोगिता २१ कार्तिकबाट शुरु भएको थियो ।

प्रतियोगितामा ख्याग राइडर्स, न्हँुलगाउँ टोल विकास संस्था, विसिङ्खेल टाइगर्स, बाराही लाइन्स, गोपाली–एक्सआइ र शिखर क्लब सहित ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले पुरस्कार वितरण गरेका थिए। न्हुलगाउँ टोल विकास संस्थाका अध्यक्ष मोहनकुमार गोपालीको अध्यक्षतामा भएको समापन समारोहमा थाहा नगर खेलकुद विकास समितिका संयोजक टीकाराम स्याङ्तानको विशिष्ट आतिथ्यता रहेको थियो।

पुरस्कार वितरण समारोहमा स्थानीय जनप्रतिनिधिहरु, संघस.स्थाका पदाअधिकारीलगायत खेलप्रेमीहरुको उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी