थाहा नगरपालिका–१ मा  राष्ट्रिय स्वतन्त्र पार्टीको १४ गते  वडा भेला सम्पन्न भएको छ।

‎ जिल्ला सदस्य राजकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ वडा कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ। ‎नयाँ वडा कमिटीमा सभापतिमा कबिन अमात्य, उपसभापतिमा स्मृति गोपाली, सचिवमा अरुण तामाङ, कोषाध्यक्षमा दिपक बलामी चयन भएका छन्।

 ‎त्यसैगरी सदस्यहरूमा दुर्गा गोपाली, रोहितमान श्रेष्ठ, रत्न तामाङ, पदम बहादुर तामाङ, अजय तामाङ, राजकुमार गोपाली, भरत गोपाली तथा दिलिप गोपाली सर्वसम्मत रूपमा चयन भएका छन्।

‎कार्यक्रममा संगठनलाई थप सशक्त बनाउँदै वडा तहमा सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

पालिका प्रेस
थप जानकारी