सामुदायिक वन उपभोक्ता समूहहरूको आर्थिक पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्यले लेखापरीक्षण तथा स्थायी लेखा नम्बर (पान नम्बर) लिने प्रक्रियासम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय समिति थाहानगरको आयोजना तथा थाहा नगरपालिकाको समन्वयमा थानाबजारस्थित गंगा होटलमा कार्यक्रम भएको हो।

महासंघका थाहानगर अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाईं, चित्लाङ सब–डिभिजन वन कार्यालयका प्रमुख सक्षम सिग्देल, थाहा नगरपालिकाका योजना महाशाखा प्रमुख डम्बर बहादुर बिक तथा वन तथा वातावरण शाखा प्रमुख अनिल लामिछानेलगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा नगरभित्र रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई रजिष्टर लेखापरीक्षक बिमल कुमार बिष्ट, व्यवसायी सहदेव ढकालले लेखा व्यवस्थापन, वार्षिक लेखापरीक्षणको अनिवार्य प्रावधान तथा स्थायी लेखा नम्बर लिने कानुनी प्रक्रियाका बारेमा सहजीकरण गरेका थिए । सोही अवसरमा सामुदायिक वनतर्फ जिल्लामै उत्कृष्ट कार्य गर्न सफल हिमचुली सामुदायिक बन थाहा २ र महाचुली सामुदायिक वन उपभोक्ता समूह थाहा ९ लाई सम्मान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले सामुदायिक वनको संस्थागत विकास र आर्थिक अनुशासन कायम राख्न समयमै लेखापरीक्षण र प्यान दर्ता अनिवार्य रहेकोमा जोड दिएका थिए ।

पालिका प्रेस
थप जानकारी