नेकपा एमालेबाट मकवानपुर–२ मा उम्मेदवार एवम् निवर्तमान प्रमुख सचेतक महेश कुमार बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रशान्त उप्रेतीलाई बधाई दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी हुनुभएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेतीलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु ।’ उनले नेकपा एमालेका तर्फबाट उम्मेदवार भएपछि को विजयी गराउन अहोरात्र खट्ने पार्टीका सम्पूर्ण नेता तथा सहयोद्धा, समर्थक शुभेच्छुक, सहयोग तथा सद्भाव प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
उनले भनेका छन्, ‘निर्वाचनमा विजय प्राप्त गर्न नसके पनि म सधैँ तपाईँहरूको साथमा रहनेछु । एउटा निर्वाचनको हार वा जीतले समाज परिवर्तन र देशको सेवा गर्ने लामो यात्रालाई खासै फरक पार्दैन । आर्थिक तथा सामाजिक रूपान्तरण, सामाजिक न्याय र राष्ट्र तथा जनताको सेवामा अझ दृढतापूर्वक लागिरहनेछु । अपेक्षाकृत परिणाम नआएपनि सम्पूर्ण पार्टी पङ्क्तिलाई धैर्यता र उच्च मनोबलका साथ अघि बढिरहन हार्दिक आग्रह गर्दछु ।’


















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्