आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा विभिन्न राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमालेको तर्फबाट क्षेत्र नं. २ मा महेश कुमार बर्तौलाले उम्मेदवारी दर्ता गर्दैछन् । ६ माघमा उनी उम्मेदवारी दर्ता गर्दैछन् । गत २०७९ को निर्वाचनमा क्षेत्र नं. २ मा बर्तौलाले तत्कालीन नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडालाई पराजित गरेका थिए । खतिवडाले यसपटक चुनाव नलड्ने घोषणा गरि सकेका छन् ।
त्यसैगरी नेपाली काँग्रेसको तर्फबाट बुद्ध लामाको उम्मेदवारी दर्ता हुँदैछ । लामा काँग्रेस जिल्ला सभापति हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को मकवानपुर क्षेत्र नं. २ बाट थाहा नगरपालिका पूर्व नगरप्रमुख लवशेर विष्टको उम्मेदवारी दर्ता गर्दैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट क्षेत्र नं. २ मा प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता हुँदैछ । राप्रपाको क्षेत्र नम्बर २ बाट रामबहादुर थोकर उम्मेदवारी दर्ता गर्दैछन् ।
निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा मतदाता नामावली ऐन २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कागजात पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
उम्मेदवारी दर्ताको लागि सबैभन्दा पहिले ६ माघ बिहान मंगोलियन नेशनल अर्गनाइजेसनलाई १० देखि ११ बजेसम्म समय तोकिएको छ । त्यसपछि रास्वपालाई ११ देखि १२ र एमालेलाई १२ देखि १ बजेसम्म निर्धारण गरिएको छ ।
राप्रपालाई १ देखि २ बजेभित्र उम्मेदवारी दर्ता गर्न भनिएको छ । नेपाली कम्युनिष्ट पार्टीका लागि २ देखि ३ बजेसम्म समय छुट्याइएको छ । कांग्रेसलाई ३ देखि ४ र उज्यालो नेपाललाई त्यसपछि एक घण्टा समय निर्धारण गरिएको छ । स्वतन्त्र उम्मेदवारले बिहान १० देखि ५ बजेसम्म जुनसुकै समयमा पनि मनोनयन गर्न सक्ने व्यवस्था मिलाइएको छ । मनोनयन दर्ता गराउन आउने उम्मेदवारसहित १५ जनालाई मात्र कार्यालय परिसरमा प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ ।

















































पालिका प्रेस 






















प्रतिक्रिया दिनुहोस्