मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उमेद्वार लवशेर विष्टको पक्षमा मतदान गर्न अपील जारी जारी भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उमेद्वार बनेका विष्टको पक्षमा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न आव्हान गदै नेकपा थाहानगर कमिटिले १५ फागुनमा अपील जारी गरेको हो ।
विगतमा अन्य स्थानका विभिन्न राजनैतिक दलका उम्मेदवारहरुलाई विजयी गराएर पठाए पनि ति प्रतिनिधि थाहानगरको स्थानीय नहुँदा यहाँको आवश्यकता र समस्या संसदमा जोडदारसंग उठाउन नसकेकोले धेरै समस्याहरू समस्याकै रुपमा रहिरहेको सो अपील पत्रमा उल्लेख छ । लामो समयपछि थाहानगरले संघीय सासंद (प्रतिनिधिसभा सदस्य) को उम्मेदवार पाएको लेखिएको अपील पत्रमा यसलाई थाहा नगरबासीका लागि सुनौलो अवसर सम्झेर लवशेर विष्टलाई मतदान गर्न आग्रह गरिएको छ ।

उमेदवार विष्टले थाहानगरको नेतृत्व पाँच वर्षसम्म गरिरहदा इमान्दारिताको साथ थाहाका हरेक क्षेत्रको समस्या र चुनौतीलाई नजिकबाट नियालेको उल्लेख गर्दै विष्टको कार्यकालमा विभिन्न ठाउँमा प्रयत्न गरेर नागरिकको समस्या र आवश्यकताहरू समाधान भएको र केही समस्याहरू स्थानीय सरकार प्रमुख मात्रको हैसियतले स्रोत, साधन र अधिकारको कमीले पूरा गर्न नसकेर यथावत रहेको उल्लेख छ । नगर प्रमुख हुँदा अधुरा कार्यहरुलाई पुरा गराउन थाहा नगरबासीले विष्टलाई मतदान गर्नुपर्ने अपील मार्फत सन्देश दिइएको छ ।
हेर्नुहोस अपीलको पूर्णपाठः



















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्