नेकपा एमालेको “पार्टी जागरण“ अभियान अन्तर्गत थाहा नगरपालिका वडा नम्बर २ को वडा अधिवेशनले रमण श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा रमेश कार्की, सचिवमा प्रमोद श्रेष्ठ, उपसचिव हर्षित थापा र उपसचिवमा मेनुका ढकाल चयन भएका छन् । वडा कमिटी सदस्यहरुमा उर्मिला कार्की, सुवाष बलामी, राजु थापा र विश्वमान प्रधानलाई चयन गरेको छ ।
वडा कमिटीका अध्यक्ष विष्णुहरि थापाको सभाध्यक्षता एवम् जिल्ला कमिटी सचिवालय सदस्य बिमल कुमार ढकालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा पूर्व प्रदेश कमिटी सदस्य श्याम भक्त श्रेष्ठ, नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधान, उपाध्यक्ष हेम कुमार थिङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अहिले थाहा एमालेले जागरण अभियान अन्तर्गत वडा अधिवेशनहरु गरिरहेको छ ।


















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्