ऋषेश्वर । फाइल फोटोः गणेश विष्ट/पालिका प्रेस

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको ऋषेश्वर/छ्युमिग झ्याङ्छुप सम्बन्धी आधारभूत जानकारी क्युआरबाटै पाइने भएको छ । ऋषेश्वर/छ्युमिग झ्याङ्छुप क्षेत्र विकास समितिले सार्वजनिक गरेको उक्त क्युआर मार्फत नेपाली, अंग्रेजी र चाइनिज भाषामा ऋषेश्वरको विषयमा जानकारी लिन पाइन्छ।

गुगल साइटमा अपलोड भएको उक्त जानकारीमा ऋषेश्वरको परिचय धार्मिक मान्यता, विशेषता, मेला तथा जात्रा सम्बन्धी विवरण, दर्शन मार्ग, महत्व, वातावरणीय अवस्थाहरु समेत उल्लेख गरिएको छ । साथै उक्त धार्मिक स्थलसम्म पुग्ने मार्ग, क्षेत्र विकास समितिको परिकल्पना, तथा भ्रमण सम्बन्धी जानकारीहरु राखिएको छ । यि सबै विवरण तीनवटै भाषामा पढ्न पाइन्छ ।

धार्मिक स्थल सम्बन्धी जानकारी सार्वजनिक गर्दा धार्मिक क्षेत्रको विषयमा प्रचार प्रसारमा सहयोग पुग्ने क्षेत्र विकास समितिका अध्यक्ष बिनोद लामाको विश्वास छ । नेपाल तथा भारत र चीनको तिब्बतबाट समेत विशेष भक्तजनहरु आउने ऋषेश्वर क्षेत्र धार्मिक महत्वका दृष्टिले महत्वपूर्ण रहेको छ ।

क्यूआरः