मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा राष्ट्रिय जनमोर्चा (राजमो) को घरदैलो कार्यक्रम गरेको छ ।

राजमो केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य सानोभाइ कार्की तथा मकवानपुर–२ का उमेदवार निरबहादुर सिन्तानको नेतृत्वमा १५ फागुनमा घरदैलो कार्यक्रम भएको हो । मनहरी बजारबाट सुरु भएको राजमोको टोली अभियान मनहरी गाउँपालिकाका विभिन्न वडा, हेटौँडा नगरपालिकाका वडा नं. १९, ११, ३ र १, भीमफेदी गाउँपालिकाका विभिन्न वडा र इन्द्रसरोवर पालिकाका विभिन्न वडामा पुगेर घरदैलो गरेको थियो ।

अभियानअन्तर्गत राजमोलाई शुभेच्छा प्रकट गर्ने धेरै मतदातासँग भेटघाट गर्दै घोषणापत्र, पर्चापम्प्लेट वितरणलगाएतको कार्यक्रम गरिएको राजमोले जानकारी दिएको छ । प्रचारप्रसार टोलीमा निर्वाचन परिचालन समितिका संयोजक शुभराज गोले, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम कार्की, राष्ट्रिय सहकारी अभियानका केन्द्रीय सदस्य कृष्णबहादुर विष्ट, राजमो मकवानपुरका सचिव दिनेश विष्टसँगै अन्य राजमो सदस्य तथा समर्थकको पनि सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी