मकवानपुरको दुर्गम कैलाश गाउँपालिका जोड्ने सडक पहिलोपटक कालोपत्रे हुने भएको हो । चार दसकदेखि धुलो र हिलोमा सास्ती खेप्दै आएका स्थानीयका लागि यो विकासको नयाँकिरण बनेको छ । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा अहिले कैलाशमा सडक विस्तार र स् तरोन्नतिको महाअभियान तीव्रगतिमा अघि बढिरहेको छ । राणाकालमा काठमाडौंमा दरबार बनाउनका लागि यही गाउँका मानिसले काठ चिरान गरी बोकेर राणाको दरबारमा पु¥याउने गरेका थिए ।
त्रिभुवन राजपथको चुनियाँदेखि कैलाश गाउँपालिकाको केन्द्र कालिकाटारसम्म २१ किलोमिटर दूरीमा पर्छ । वि.सं. २०३७ सालमा ट्रयाक खन्ने कार्य सुरु भएको यो सडक पहिलोपटक स्तरीकरण र कालोपत्रे हुने क्रममा पुगेको हो । ‘अब धुलो र हिलोको युग अन्त्य हुँदैछ र कैलाश, जसलाई वर्षौँदेखि ‘दुर्गम’ भनिन्थ्यो, सुगम र समृद्धिको नयाँयात्रामा निस्कँदै छ,’ गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले भने । गाउँपालिकाल चुनियाँ–नामटार–कालिकाटार सडकलाई विकासको प्रमुख पूर्वाधारकारुपमा अघि सारेको छ । प्रदेश सरकारको १८ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको सात किलोमिटर लामो भाल्टार–वनझाँक्री सडकखण्डको स्तरीकरण अन्तिमचरणमा पुगेको गाउँपालिका अध्यक्ष मोक्तानले जानकारी दिए ।
वर्षौँदेखि धुलो र हिलोमा सास्ती खेपिरहेका स्थानीय अब कालोपत्रे सडकको पर्खाइमा छन् । पूर्ववडाअध्यक्ष रहेका कैलाश–१० का माणिकलाल मोक्तान भन्छन्, ‘पहिला–पहिला बिरामी पर्दा डोकोमा बोकेर अस्पताल लैजान्थ्यौँ, अहिले बाटो बन्न थालेपछि राहत मिलेको छ । अब हाम्रा छोराछोरीले सहर जस्तै सुविधा पाउनेछन् र गाउँमै बस्ने वातावरण बन्नेछ ।’ उनले सडक सञ्जालले बसाइँसराइ घटाउने र गाउँमै रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्