नेपाली कम्युनिस्ट पार्टी (नेकपा) थाहानगर कमिटिको बैठकले पार्टी संगठन सुदृढीकरण, आगामी कार्यक्रमहरूको तयारी तथा एकता प्रक्रियालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । १६ मा भएको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपाकी केन्द्रीय सदस्य कुमारी मुक्तानसहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा भएको बैठकले पार्टीभित्रको समन्वय, संगठन विस्तार र आगामी कार्यक्रमहरूको प्रभावकारी व्यवस्थापनका लागि नगरस्तरीय कार्यदल गठन गरेको छ । कार्यदलमा साविक माओवादीको तर्फबाट लवशेर विष्ट, बिनोद लामा र लक्षण विष्ट तथा साविक नेकपा एसका तर्फबाट सानुकाजी गोपाली, सुरेन्द्र थापामगर र युवराज जिम्बा छन् ।
बैठकले २५ मंसिरभित्र थाहा नगरपालिकाको सबै १२ वटै वडाको बैठक सक्ने निर्णय भएको छ । वडास्तरीय बैठक सकेर २९ मंसिरमा नगरस्तरीय संयुक्त बैठकमार्फत नगर एकता सन्देश सभ ागर्ने निर्णय भएको छ । बैठकले एकता सन्देश सभालाई भव्य रूपमा सम्पन्न गर्न पार्टीले सबै सक्रियता बढाउने भएको छ । एकता प्रक्रियालाई दिगो रूपमा अघि बढाउने र पार्टीलाई थप संगठित बनाउँदै जनताका मुद्दामा केन्द्रित भएर अघि बढ्ने निष्कर्ष निकालेको नेता बिनोद कुमार लामाले प्रतिक्रिया दिए ।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्