नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–२ बाट पार्टीको ११औँ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि टुङ्गिएको छ । २ नम्बर निर्वाचन क्षेत्रबाट ८ जना प्रतिनिधि निर्विरोध चुनिएका हुन् ।

मकवानपुर क्षेत्र नम्बर–२ बाट बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाई, सुमित्रा काफ्ले, भगवती पुढासैनी, गीता प्रजा र रोहन लामा महाधिवेशन प्रतिनिधि रूपमा निर्विरोध चयन भएका हुन्।

आगामी मंसिर २७ देखि २९ गते काठमाडौँमा नेकपा एमालेको ११औँ महाधिवेशनको हुने भएको छ ।

पालिका प्रेस
थप जानकारी