नेकपा एमालेको ‘जनतासंग जनसंवाद’ अन्तर्गत २८ साउनमा मकवानपुर थाहानगर कमिटीको बैठक भएको छ । एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षता एवम् केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।
बैठकले ‘जनतासंग जनसंवाद’ अन्तर्गत थाहानगरका १२ वटै वडाहरुको बैठक, टोल कमिटीहरुको बैठक, जनवर्गीय संगठनहरुको बैठक तथा भेला आयोजना गर्ने र टोलटोलमा जनतासंग भेटघाट ग्ी साक्षात्कार गर्ने निर्णय गरेको छ । बैठकले थाहा वडा नम्बर १, ३ र ११ को भदौ २ गते, वडा नम्बर २, ४ र १२ को भदौ ३ गते, वडा नम्बर ५, ६ र ९ को भदौ ४ गते, वडा नम्बर ७, ८ र १० भदौ ५ गते बैठक गरी योजना बनाउने निर्णय गरेको छ ।
बैठकले १४ भदौमा जनसंठगन संयन्त्रको बैठक, १५ भदौमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको बैठक, १६ भदौमा अखिल नेपाल किसान महासंघ र भूमि तथा श्रमिक संगठन नेपालको बैठक, १७ भदौमा नेपाल खेलकुल महासंघ र नेपाल उत्पीडित जातीय मुक्ती समाजको बैठक, १८ भदौमा रिटर्नी फेडेरेशन नेपाल र नेपाल बुद्धिजीवी परिषदको बैठक, २० भदौमा अनेमसंघ र नेपाल सैनिक तथा प्रहरी संगठन नेपालको बैठक गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदिप प्रधानलाई नगर कमिटी सदस्यमा मनोनीत गर्दै जनसंगठन ईञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले सदस्यको योग्यता पुगेकाहरुलाई सदस्यता सिफारिस गर्न र नवीकरण हुन बाँकी पुराना सदस्यहरुको अभियानकै बीच नवीकरण गरिसक्ने निर्णय समेत गरेको छ । भदौभित्र आर्थिक वर्ष २०८१÷०८२ को लेखा परीक्षण सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
नगर कमिटी बैठकले १२ जेठमा सडक दुर्घटनामा निधन भएका नगर सदस्य कृष्ण बलामीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकमा केन्द्रीय सदस्य रानाले पार्टी नेतृत्व विरुद्व भइरहेको षडयन्त्रलाई चिरेर सरकारले गरेका उपलब्धिहरुलाई जनताका बीचमा लान आग्रह गरे । नेता रानाले पार्टीका स्थानीय नेताहरु हरेक जनताको दुःख र जनसरोकारका काममा लाग्न निर्देशन दिए ।
एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले जनताका बीच फैलाइरहेको अफवाहलाई चिरेर अघि बढ्न आग्रह गरे । बैठकमा जिल्ला कमिटी सदस्यहरु शशीधर सुवेदी, बिमल कुमार ढकाल, सुनिता दोङ, तुलसा बिष्ट, नेपाल उड्डयन तथा पर्यटन विभाग बागमती प्रदेश सचिव बुद्वरत्न मानन्धर, पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, पूर्व जिल्ला कमिटी सदस्य सगुन कुमार ढकाल, चित्रबहादुर बलामी, पूर्व नगर सचिव रामकृष्ण बस्नेत, पूर्व नगर सचिवालय सदस्य फणिन्द्रनाथ सुवेदीलगायतको आतिथ्यता थियो ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्