नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहानगर कमिटीले पालुङ स्वास्थ्य केन्द्रको सेवाप्रति गम्भीर असन्तुष्टि जनाउँदै सेवा सुधारका लागि औपचारिक ध्यानाकर्षण पत्र बुझाएको छ । थाहा नगरपालिका नम्बर ४ मा रहेको स्वास्थ्य केन्द्रको सेवा सुधार गर्न वाइसिएलले माग गरेको छ ।

वाईसिएलले ध्यानाकर्षण मार्फत नगरकै स्वास्थ्य प्रणालीको समग्र मूल्याङ्कन गर्दै सुधारको माग गरेको जनाएको छ । १९ असारमा वाईसिएल नगर कमिटीका अध्यक्ष केशव सुनार र सचिव बिश्वनाथ रायमाझीको नेतृत्वमा स्वास्थ्य केन्द्र प्रमुख जोनसन बिश्वकर्मालाई ध्यानाकर्षण पत्र बुझाइएको हो । पत्रमा भनिएको छ, “स्वास्थ्य संस्था भनेको मानवीय सेवामा समर्पित जिम्मेवार संस्था हो, तर पालुङ स्वास्थ्य केन्द्रको व्यवहारप्रती वाइसीएल थाहाको ध्यानाकर्षण भएको छ।”

बिरामीको उपचारमा समेत ढिलासुस्ती भएको, जनताले पाउने उपचारमा कुनैपनि लापरबाही नगर्न आग्रह गर्दै वाइसीएल थाहानगर कमिटीका अध्यक्ष केशव सुनारले पत्रमार्फत सम्बन्धित निकायले समयमै सुधार नगरे जनस्तरबाट थप दबाब सिर्जना गरिने चेतावनी दिएका छन्।

स्वास्थ्य सेवा नागरिकको आधारभूत हक हो भन्दै अध्यक्ष सुनारले सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

पालिका प्रेस
थप जानकारी