नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल थाहानगर कमिटीको ३१ जेठमा सम्पन्न एक पूर्ण बैठकले पदाधिकारी चयन गर्दै संगठनलाई पूर्णता दिएको छ।
शिखरकोटको शंकर होटलमा भएको बैठक वाइसीएल थाहानगर अध्यक्ष केशव सुनारको अध्यक्षतामा भएको हो। बैठकले संगठनको विभिन्न पदमा नयाँ जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकले उपाध्यक्षमा देवकी तामाङ, राजु गोले, राजिव विक्रम खड्का, श्यामसुन्दर कार्की र विजय बस्नेतलाई सर्वसम्मत गरेको छ । सचिवमा विश्वनाथ रायमाझी, सहसचिवमा रवि जिम्बा, अमृत थोकर र बिना तामाङ, कोषाध्यक्षमा राजु महर्जन सर्वसम्मत भएका छन् ।
बैठकले वडा वडा इन्चार्जहरूको जिम्मेवारी पनि तोकिएको छ । वडा नम्बरको इन्चार्जमा सुनिल गुरुङ, २ नम्बर वडाको विकास बलामी, ३ नम्बर वडा इन्चार्जमा रवि जिम्बा, ४ नम्बर इन्चार्जमा हरिनारायण थिङ, ५ नम्बर इन्चार्जमा रघुनाथ वाइबा, ६ नम्बर वडा इन्चार्जमा शन्तलाल रुम्बा चयन भएका छन् । त्यसैगरी थाहा–७ को अध्यक्षमा पूर्ण थिङ, ८ मा रामशरण थिङ, ९ मा सुमन गोपाली, १० मा शंकर गोपाली, ११ नम्बर वडामा सुरेन्द्र तामा र १२ नम्बर वडा इन्चार्जमा सोमनाथ गोले सर्वसम्मत तोकिएका छन् ।
बैठकमा नेकपा माओवादी केद्र थाहानगर अध्यक्ष विनोद कुमार लामा, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी, नगर सदस्य यादवजंग रायमाझी, वाइसीएल जिल्ला सदस्यहरू सानोबाबु मोक्तान, लक्ष्मी रायमाझी, इसाक केसी, विकास बलामी, वाइसीएल बागमती प्रदेश सदस्य जयशंकर आले, तथा प्रगतिशील खेलकुद महासंघका जिल्ला उपाध्यक्ष मानसिं दोङलगायतको उपस्थिति रहेको थियो। बैठकले संगठन सशक्त र सक्रिय बनाउन युवा नेतृत्वको भूमिकालाई अझ बलियो बनाउँदै जाने प्रतिबद्धता जनाएको छ ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्