राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंह पनि पक्राउ परेका छन् । सांसद सिंहलाई प्रहरीले जिल्ला प्रहरी परिसरबाट नियन्त्रणमा लिएको हो । सांसद सिंह राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न परिसर गएका थिए ।

सांसद सिंहसँगै राप्रपा प्रवक्ता तथा प्रचार विभागका प्रमुख तथा मोहनकुमार श्रेष्ठ पनि गएका थिए । प्रहरीले उनलाई बाहिर निकालेर सांसद सिंहसँग केही सोधपुछ गर्नुछ भन्दै नियन्त्रणमा लिएको सांसद सिंहको सचिवालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी अपिलराज बोहराले सांसद सिंहलाई सोधपुछका लागि राखिएको जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी