मकवानपुर प्रतिनिधि सभा–२ का सांसद महेश बर्ताैलाले औपचारिक क्षेत्रमा रहेका करिब १५ लाख श्रमिकलाई एकैपटक सामाजिक सुरक्षामा आवद्ध गर्न सकिने बताएका छन् । ५ जेठमा प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै प्रमुख सचेतक बर्ताैलाले औपचारिक क्षेत्रमा कार्यरत श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने कानुनी प्रावधान भएपनि अझै नसमेटिएको भन्दै सरकारले त्यस्ता श्रमिकलाई अनिवार्य रुपमा कोषमा आवद्ध गराउने नीति लिनुपर्ने बताए ।
नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले भने–‘योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने औपचारिक क्षेत्रका श्रमिकमध्ये अहिलेसम्म करिब ५ लाख मात्रै आवद्ध भएका छन् । बाँकी रहेका १५ लाख श्रमिकलाई एकैपटक कोषमा आवद्ध गराउन सकिन्छ । यसका लागि सरकारले करचुक्ता लिदा वा कम्पनी नवीकरण गर्दा कोषमा आवद्ध भएको प्रमाण अनिवार्य पेश गर्नुपर्ने नियम लगाउन सक्छ ।’
यस्तै, उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई भने रोजगारदाताको तर्फबाट गर्नुपर्ने योगदान रकम राज्यले व्यहोर्ने नीतिगत व्यवस्था गर्न पनि आग्रह गरे । औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिक कोषमा आवद्ध गर्न सकिए ‘पेन्सनेवल सोसाइटी’ बन्ने भन्दै उनले अहिलेको जसरी राज्यले रकम तिरेर सामाजिक सुरक्षा कार्यक्रम संचालन गर्न नसक्ने पनि बताए ।
यसको लागि योगदानका आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने उनको भनाइ छ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम संचालन गर्नको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना गरेको छ । कोषले २०७५ सालदेखि नै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम संचालन गरिरहेको छ ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्