गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

५ सदस्यीय वडामा माओवादी केन्द्रबाट घलानले वडा अध्यक्ष जित्दा ४ जना सदस्य नेकपा एमालेबाट विजयी भएका थिए । उपनिर्वाचनका लागि ९ वटा राजनीतिक दलबाट ९ जना र ३ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रेमबहादुर भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशावीर बल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट बलराम बल उम्मेदवार छन् ।

छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार र अर्जुन घलान स्वतन्त्र उम्मेदवार छन् । गत निर्वाचनमा पनि उम्मेदवार रहेका कांग्रेसका तिवारी र एमालेका नगरकोटी यस पटक पनि चुनावी मैदानमा छन् ।

तेस्रो पटक चुनाव उठेका तिवारीले घलानसँगै ०७४ र ०७९ को निर्वाचनमा पराजय भोगे । नगरकोटी गत निर्वाचनमा तेस्रो भएका थिए ।

गत निर्वाचनमा घलानले एक हजार ३७१ मत ल्याएर विजयी भएका थिए । तिवारीले एक हजार ३४० मत ल्याउँदा एमालेका नगरकोटीले एक हजार ३२५ मत पाएका थिए । उपनिर्वाचनबाट माओवादी केन्द्रलाई गुमेको वडा फर्काउने चुनौती छ भने एमाले र कांग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको छ ।

पालिका प्रेस
थप जानकारी