नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलनको तयारी पूरा भएको जनाइएको छ । यहि २४ कार्तिकमा थाहानगरको इन्द्रायणीचौरमा हुने सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम छ । यसका लागि प्रचण्ड २४ कार्तिकमै थानकोट–चन्द्रागिरी–चित्लाङ –गणेमान सिंह मार्ग) हुँदै थाहानगर आउँदैछन् ।
‘प्रचण्ड’ले अधिवेशनको अवसरमा आयोजित जनसभामा सम्बोधनका साथै पूर्व जनमुक्ति सेना, जनयुद्धका घाइते, अपांग, शहीद परिवार सम्मान गर्ने कार्यक्रम तय भएको रहेको माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य तथा थाहानगर इन्चार्ज लवशेर विष्टले जानकारी दिए ।
सो अवसरमा का साथै पार्टीको नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्टले जानकारी दिए ।
सम्मेलन तयारी अन्तर्गत स्वागतद्वारहरु, निर्माण, ब्यानर तथा प्रचारप्रसार सामाग्रीहरु, राख्नुका साथै मञ्च ब्यवस्थापनको कार्य भईसकेको वाईसीएल बागमती प्रदेश कमिटी सदस्य दिपेन्द्रकुमार लामाले बताए ।
सम्मेलनकोलागि प्रत्येक थाहा नगरपालिकाको १२ वटै वडाहरुबाट ५/५ जनाको दरले प्रतिनिधि चयन भैइसकेको वाईसीएल थाहानगर अध्यक्ष मानसिं दोङले जानकारी दिए । सम्मेलनले वाईसीएल थाहानगर कमिटीको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
यसैबीच ‘प्रचण्ड’ को स्वागतका लागि थाहा नगरपालिका वडा नम्बर ६ सरस्वती बजारमा स्वागत गर्ने कार्यक्रम तय भएको छ । सरस्वती बजारबाट मोटरसाईकल ¥यालीसहित कार्यक्रमस्थल थाहानगरको इन्द्रायणी चौर आउने कार्यक्रम रहेको माओवादी थाहानगरका अध्यक्ष बिनोद लामाले जानकारी दिए ।
कार्यक्रमलाई भव्य बनाउन थाहाको गोपाली गाउँबाट इन्द्रायणी चौरसम्म विभिन्न झाँकीसहित पदैल ¥यालीको तयारी गरिएको नगर अध्यक्ष लामाले बताए । उनका अनुसार ¥यालीमा महिला पञ्चेबाजा, तामाङहरुको झाँक्री नाँच, महिलाहरुको खैजडी, गोपालीहरुको बासुरीको धुन, नेवारहरुको धिमे बाजासहित विभिन्न झाँकीहरु समेत सहभागिता रहनेछ ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्