पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २४ कार्तिकमा थाहा नगरपालिका आउने भएपछि उनको स्वागतको लागि स्वागतद्वारहरुको निर्माण कार्यले तयारी तिब्रता पाएको छ । ‘प्रचण्ड’ आउने भएपछि चित्लाङदेखि विभिन्न स्थानहरुमा स्वागतद्वार निर्माण गरिएको छ ।
माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलन उद्घाटनका लागि प्रचण्ड काठमाण्डौं प्रचण्ड थानकोट–चन्द्रागिरि–चित्लाङ हुँदै थाहा आउन लागेका हुन् । उनको स्वागतका लागि थाहा नगरपालिका वडा नम्बर ६ सरस्वती बजारमा स्वागत गर्ने कार्यक्रम तय भएको छ । सरस्वती बजारबाट मोटरसाईकल ¥यालीसहित कार्यक्रमस्थल थाहानगरको इन्द्रायणी चौर आउने कार्यक्रम रहेको माओवादी थाहानगरका अध्यक्ष बिनोद लामाले जानकारी दिए ।
प्रचण्डको स्वागतका लागि थाहानगरको वडा समितिहरुले विशेष स्वागत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमलाई भव्य बनाउन थाहाको गोपाली गाउँबाट इन्द्रायणी चौरसम्म विभिन्न झाँकीसहित पदैल ¥यालीको तयारी गरिएको नगर अध्यक्ष लामाले बताए । उनका अनुसार ¥यालीमा महिला पञ्चेबाजा, तामाङहरुको झाँक्री नाँच, महिलाहरुको खैजडी, गोपालीहरुको बासुरीको धुन, नेवारहरुको धिमे बाजासहित विभिन्न झाँकीहरु समेत सहभागिता रहनेछ ।
सम्मेलनले बाइसिएल थाहा नगर समितिको नयाँ नेतृत्व चयन गर्ने थाहानगर अध्यक्ष मानसिं दोङले बताए ।
हेर्नुहोस स्वागतद्वारका फोटोहरुः

थाहा नगरपालिका वडा नम्बर १ कुन्माछालमा निर्माणाधिन स्वागतद्वार ।

थाहा नगरपालिका वडा नम्बर १० नाैखण्डेमा निर्माण गरिएको स्वागतद्वार ।

थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल भन्ज्याङमा निर्माण गरिएको स्वागतद्वार ।

थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारमा निर्माण गरिएको स्वागतद्वार ।

थाहा नगरपालिका शिखरकोटमा निर्माण गरिएको स्वागतद्वार ।

थाहा नगरपालिका वडा नम्बर ९ मा निर्माण गरिएको स्वागतद्वार ।

थाहा नगरपालिका वडा नम्बर ६ सरस्वती बजारमा निर्माणाधिन गरिएको स्वागतद्वार ।

थाहा नगरपालिका वडा नम्बर ७ डाँडाबासमा निर्माण गरिएको स्वागतद्वार ।

थाहा नगरपालिका वडा नम्बर ९ मा निर्माण गरिएको स्वागतद्वार ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्