नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले थाहानगरमा पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्ड आउने कुराले बिशेष महत्व राख्ने बताईन् । २२ कार्तिकमा थाहानगरमा हुने कार्यक्रमको तयारी अवलोकन तथा कार्यकर्ता भेटघाटका क्रममा मोक्तानले थाहा नगरमा प्रचण्डको उपस्थिति महत्वपूर्ण भएको बताएकी हुन् । अध्यक्ष प्रचण्ड २४ कार्तिकमा थाहानगर आउँदैछन् । मोक्तानले पार्टी अध्यक्षको स्वागत अनुशासित र ब्यवस्थित तरिकाले गर्न निर्देशन समेत दिईन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष प्रचण्ड माओवादी केन्द्रको सहायक संगठन वाईसियल नेपाल थाहा नगर कमिटीको थाहा नगरको इन्द्रायणीचौरमा हुने दोस्रो सम्मेलनको उद्घाटन गर्न आगामी २४ कार्तिकमा थाहानगर आउँदैछन् ।
सम्मेलन उद्घाटनसंगै प्रचण्डले पूर्व जनमुक्ति सेना, जनयुद्धका शहीद, घाईते, अपांगको परिवारलाई सम्मान र कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य एवम् थाहा नगर ईञ्चार्ज लवशेर बिष्टले बताए । अध्यक्ष प्रचण्डको स्वागतको लागि बिभिन्न स्थानमा गेट निर्माण गरिनुका साथै स्वागत ब्यानरहरु राख्ने कार्य भईरहेको वाईसियल बागमती प्रदेश कमिटी सदस्य दिपेन्द्रकुमार थिङले बताए ।
यसैबिच २४ कार्तिकमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको वाईसियल नेपाल थाहानगर कमिटीका अध्यक्ष मानसिं दोङले बताए । सम्मेलनको लागि थाहानगरका सबै वडाबाट प्रतिनिधि र पर्यवेक्षकको छनौट भईसकेको उनले बताए ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्