मकवानपुर थाहा नगरपालिकाको नगर उपप्रमुख पदका लागि तीनजनाको उमेद्वारी छ । ११ र १२ मा वैशाख भएको उमेद्वारी दर्ता कार्यक्रममा १ महिला र २ पुरुषले उमेद्वारी दर्ता गराएका हुन् ।
थाहानगरमा नेकपा एमालेको तर्फबाट कल्पना बलामी, सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका भरत गोपाली र राप्रपाको तर्फबाट नविन रायमाझीले उमेद्वारी दर्ता गराएको स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालय थाहा नगरपालिकाले जनाएको छ ।
उपप्रमुखमा बलामी पुरानै अनुहार हुन भने गोपाली र रायमाझी नयाँ अनुहार हुन् । वि.सं. २०७४ सालको निर्वाचनमा पनि नेपाली काँग्रेसकै उपमेयरको उमेद्वार विजयी भएका थिए । काँग्रेस उमेद्वारले ७ हजार ३०५, एमाले उमेद्वारले ६ हजार ७४५, राप्रपाकी उमेद्वार राममाया लामा (छुमी)ले ८९७, राजमोकी शोभा गोपालीले २३९ र संघीय समाजवादी फोरम नेपालका उमेद्वार तारालाल श्रेष्ठले १३७ मत पाएका थिए ।
अघिल्लो निर्वाचनमा भन्दा यस निर्वाचनमा आकर्षण घटेको छ । उमेद्वार संख्या ५ बाट ३ जनामा सीमित भएको छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्