लायन्स क्लव अफ थाहा पिसको अध्यक्षमा निरज रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । १० साउनमा भएको १०औ वार्षिक साधारणसभाबाट रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

लियो क्लव अफ पिस थाहाको १०औं वार्षिक साधारणसभाबाट अध्यक्षमा स्मिता विष्ट चयन भएकी छन् । १० साउनमा पालुङमा सम्पन्न साधारणसभाबाट लायन्स क्लवको प्रथम उपाध्यक्षमा दिपेन्द्र कुमार थिङ र द्वितीय उपाध्यक्षमा दिपक कार्की निर्विरोध निर्वाचित भएका हुन्। अध्यक्ष रायमाझीले सचिवमा नविना विष्ट र कोषाध्यक्षमा अनन्त ढकाललाई मनोनीत गरेका छन् ।

यसैगरी लियो क्लवतर्फ प्रथम उपाध्यक्षमा विराज थापा र द्वितीय उपाध्यक्षमा ओमस प्रधान निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष विष्टले सचिवमा मनिका खत्री र कोषाध्यक्षमा मञ्जरी अधिकारीलाई मनोनीत गरेका छन् ।

दुवै क्लवको साधारणसभाको अध्यक्षता वर्ष २०२५/०२६ का अध्यक्ष अनित विष्टको सभाध्यक्षता र संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा भएको हो ।

पालिका प्रेस
थप जानकारी