बदेखि कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाइने भएको छ । विगतमा कर्मचारीको कार्यसम्पादन गर्ने क्रममा कार्यालय प्रमुखले राम्रा र नराम्रा कर्मचारीलाई कार्यसम्पादनको अङ्क प्रदान गर्दा समान व्यावहार हुँदै आएकोमा अबदेखि कर्मचारीको मूल्याङ्कन कार्यसम्पादनमा आधारित भएर मात्र गरिने भएको हो ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सङ्घीय, प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्दा कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणाली लागु गर्न आग्रह गरेको हो । त्यसका लागि प्रत्येक सार्वजनिक निकायले प्रत्येक पदको आवधिक कार्यविवरणका आधारमा मापनयोग्य सूचक निर्धारण गर्ने, कार्यसम्पदान सूचकलाई वार्षिक कार्ययोजना तथा कार्यालयको नतिजासँग आबद्ध गर्ने, न्यूनतम कार्यालय प्रमुख तहसम्मको कर्मचारी र सुपरिवेक्षकबिचमा कार्यसम्पादन सम्झौता गर्नुपर्ने गरी मन्त्रालयले तीन वटै तहलाई गरिएको परिपत्रमा उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले कर्मचारीले कार्यालयमा समय मात्र व्यतित गर्ने तर सेवाग्राही र सरकारको लक्ष्य बिर्सने प्रवृत्ति बढ्दै गएकाले आगामी दिनमा कार्यसम्पादनमा आधारित भएर मात्र कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रणाली लागु गर्न लागिएको बताउनुभयो । प्रत्येक तीन तीन महिनामा कार्यसम्पादन स्तरको समीक्षा हुने व्यवस्था मिलाई कार्यालयको लक्ष्य, प्रगति, समस्या र समाधानबारे योजना बनाउन परिपत्रमा उल्लेख गरिएको छ ।
- गोरखापत्रबाट


















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्