मकवानपुरको बागमती गाउँपालिकामा विद्यालय क्यान्टिन सञ्चालक र स्थानीय होटल व्यवसायी लक्षित खाद्यसुरक्षा तथा स्वच्छतासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । १२ मंसिरमा गाउँपालिकाको विद्यालय र स्थानीय बजारमा उपलब्ध खाद्यसामग्रीको गुणस्तर अभिवृद्धि, स्वच्छता प्रवद्र्धन र उपभोक्ता स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गाउँपालिका भित्रका विभिन्न विद्यालयका क्यान्टिन सञ्चालक, कार्यालय सहयोगी, किराना र होटल व्यवसायीको सक्रिय सहभागिता रहेको थियो । सहभागीलाई गुणस्तरीय, सुरक्षित र स्वच्छ खाद्यसामग्री उत्पादन तथा वितरण सम्बन्धी जानकारी दिइएको छ । बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीको बिशिस्ट आतिथ्यता, पंकज दाहाल, सार्थक घिमिरेलगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रम खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय हेटौडाकी प्रमुख बिमला पोख्रेलको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्