बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ बाट करारका कर्मचारीलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा आबद्ध गराउने योजना बनाएको छ । प्रदेश सरकारको स्वीकृत दरबन्दीभित्र करारसेवामा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरिने भएको हो ।
यसका लागि रोजगारदाता र योगदानकर्ता १०–१० प्रतिशत योगदानसहितको नेपाल सरकारले बनाउने प्याकेजबमोजिम कार्यान्वयन गरिने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख गरेअनुसार प्रदेश सरकारको स्वीकृत दरबन्दीभित्र करार सेवामा कार्यरत कर्मचारी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेछन् । कोषले औषधिउपचार तथा स्वास्थ्यसेवा सुरक्षायोजना, मातृत्व सुरक्षायोजना, दुर्घटना सुरक्षायोजना, अशक्तता सुर क्षायोजना, वृद्ध अवस्था सुरक्षायोजना, आश्रित परिवार सुरक्षायोजना, कोषले तोकेको अन्य सुरक्षायोजना सञ्चालन हुनेछ ।
यस्तै प्रदेश सरकारले साउन १ गतेदेखि लागु हुनेगरी महँगीभत्ता पाँच हजार रुपैयाँ बागमती प्रदेश सरकार अन्तर्गतका स्वीकृत दरबन्दीका कर्मचारीलाई उपलब्ध गराउने भएको छ ।















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्