पिउने जार र मिनिरल वाटरको पानीको मूल्य घटेको छ । अब उपभोक्ताले अहिले बजारमा बिक्री भइरहेको भन्दा सस्तोमा जार र मिनिरल वाटर किन्न पाउने पएका छन् ।
नयाँ मूल्यअनुसार अब सरकारले १ लिटरको बोतलमा भरिएका खाने पानीलाई १६ रुपैयाँभन्दा धेरै लिन नपाइने व्यवस्था गरेको हो । काठमाडौंमा १६ र काठमाडौं बाहिर २० रुपैयाँमा बिक्री गर्न पाइने छ । अहिले काठमाडौंमा २० देखि ३० रुपैयाँभन्दा धेरै मूल्यमा मिनिरल वाटर बिक्री भइरहेको छ ।
त्यस्तै, २० लिटरको जारको पानीलाई ४७ रुपैयाँ नयाँ मूल्य तोकिएको छ । काठमाडौं बाहिर भने प्रतिजार ६० रुपैयाँ मूल्य तोकिएको छ । अहिले ५० देखि ६० रुपैयाँ काठमाडौं बिक्री भइरहेको थियो ।
वाणिज्य विभागले नयाँ मूल्य तोकेको हो । नयाँ मूल्यभन्दा महंगोमा पानी विक्री गरेमा विक्रेतालाई कारवाही हुने विभागले बताएको छ ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्