बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भदौ ८ गते सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने जनाएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठकको मिति र समय निर्धारण गरेका हुन् ।
उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
बागमती प्रदेशमा नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा भदौ ४ गते बिहीबार थापामगर मुख्यमन्त्री नियुक्त भएका थिए ।















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्