मकवनपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । नगरपालिकाको तथ्याङ्क अनुसार दर्ता भएका घटनाहरूमध्ये सबैभन्दा बढी जन्मदर्ताको घटना दर्ता भएको छ । सो अवधिमा कुल ८ सय २९ वटा जन्मका घटना दर्ता भएका छन्, जसमा ४ सय ४७ जना केटा र ३ सय ८२ जना केटी रहका छन्। जन्म पश्चात् दोस्रो बढी दर्ता हुनेमा विवाहका घटना रहेका छन् । यस अवधिमा नगरपालिकामा ४ सय २२ वटा विवाहका घटना दर्ता भएका छन् ।

यसैगरी, मृत्यु दर्ताको तथ्याङ्क हर्दा सो अवधिमा कुल ३ सय ४६ वटा घटना दर्ता भएका छन् । मृत्यु हुनेहरूमा पुरुषको संख्या १ सय ९५ र महिलाको संख्या १ सय ५१ रहेको छ । सोही आर्थिक वर्षमा थाहा नगरपालिकामा ६८ वटा सम्बन्धविच्छेदका घटनाहरू समेत दर्ता भएका छन् । बसाईँसराइको तथ्याङ्क अनुसार नगरपालिकामा भित्रिने भन्दा बाहिरिनेको संख्या उल्लेख्य रहकोे देखिएको छ ।

यस अवधिमा बसाईँ सरी आउने १४ वटा घटना दर्ता हुँदा ४७ वटा घटना दर्ता भएका छन् । वडागत रूपमा घटना दर्ताको विवरण हेर्दा सबैभन्दा बढी वडा नम्बर ७ मा १ सय ९२ वटा घटना दर्ता भएका छन् भने सबैभन्दा कम वडा नम्बर १० मा ९७ वटा मात्र घटना दर्ता भएका छन् । अन्य वडाहरूमा वडा नम्बर १ मा १२७, वडा नम्बर २ मा १६४, वडा नम्बर ३ मा १५१, वडा नम्बर ४ मा ११४, वडा नम्बर ५ मा १३१ र वडा नम्बर ६ मा १७५ वटा घटना दर्ता भएका छन् ।

त्यसैगरी वडा नम्बर ८ मा १४८, वडा नम्बर ९ मा १६४, वडा नम्बर ११ मा १४० र वडा नम्बर १२ मा १३५ वटा व्यक्तिगत घटना दर्ता भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

पालिका प्रेस
थप जानकारी