लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको वृहत रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ थानाबजारमा भएको कार्यक्रममा १२ जना महिला र ६४ जना पुरुषले रक्तदान गरेको लायन्स क्लब अफ थाहा पिसका अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।

थाहा नगरपालिका ४ नम्बर वडाध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

मा अतिथि तथा लायन्स क्लब अफ थाहा पिसका अध्यक्ष निरज रायमाझी सभाध्यक्ष रहेका थिए। कार्यक्रममा थाहा–१ का कृष्णमान श्रेष्ठले ५३औँ पटक रक्तदान गरेका छन् । लायन्स क्लब अफ पिस थाहाको आयोजनामा भएको कार्यक्रमलाई थाहा नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोग तथा लियो क्लब अफ पिस थाहा, पालुङ जेसीज र मोबाइल एसोसिएसन मकवानपुर उत्तरी क्षेत्र समितिले सह–आयोजनामा भएको हो ।

कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज र केन्द्रीय रक्तसञ्चार सेवा, भृकुटीमण्डपले समन्वयमा भएको थियो । कार्यक्रमले रक्तदानप्रति स्थानीय समुदायमा जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यकतामा रहेका बिरामीका लागि रगत संकलनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ।

लायन्स क्लब अफ थाहा पिसका अध्यक्ष निरज रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रमको सुरुवाती रक्तफान इसाक के.सी. ले गरेका थिए भने ७६औँ तथा अन्तिम रक्तदाता अनन्त ढकाल रहेका थिए ।

पालिका प्रेस
थप जानकारी