मकवानपुरको एक मात्र नगरपालिका थाहा नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सामाजिक सुरक्षा भत्ता शीर्षकमा १७ करोड ८७ लाख ३५ हजार रुपैयाँ खर्च गरेको छ । नगरपालिकाका एमआइएस शाखाका प्रमुख रुपक कार्कीका अनुसार लक्षित वर्गका लाभगा्रहीहरूलाई चार किस्तामा उक्त रकम वितरण गरिएको हो । कार्यालयको तथ्याङ्क अनुसार दोस्रो किस्तामा सबैभन्दा बढी ४ हजार ४ सय ६ जना सेवाग्राहीले सेवा लिएका थिए, जसमा ४ करोड ४८ लाख ९३ हजार रुपैयाँ खर्च भएको थियो ।
पहिलो किस्तामा ४ हजार ३ सय ७८ जनाले सेवा लिएका थिए र सो समयमा ४ करोड ४८ लाख ५९ हजार रुपैयाँ वितरण गरिएको थियो । सामाजिक सुरक्षा भत्ता लिनेहरूको संख्या तेस्रो किस्तामा ४ हजार ३ सय ८९ पुगेको थियो भने सो किस्तामा ४ करोड ४६ लाख ३२ हजार रुपैयाँ खर्च भएको थियो । वर्षको अन्तिम अर्थात चौथो किस्तामा भने सेवाग्राहीको संख्या घटेर ४ हजार ३ सय ६३ मा झरेको थियो, जसमा नगरपालिकाले सबैभन्दा कम रकम ४ करोड ४३ लाख ४९ हजार रुपैयाँ खर्चेको छ ।
विभिन्न शीर्षकहरूमध्ये सबैभन्दा बढी रकम ज्येष्ठ नागरिक भत्तामा खर्च भएको छ । नगरपालिकाले वर्षभरिमा ज्येष्ठ नागरिक भत्तावापत १२ करोड ६० लाख ५२ हजार ८ सय १९ रुपैयाँ वितरण गरेको छ । यसैगरी, ज्येष्ठ नागरिक (दलित) शीर्षकमा ३१ लाख ८४ हजार रुपैयाँ, ज्येष्ठ नागरिक एकल महिला शीर्षकमा १ करोड २७ लाख ४७ हजार रुपैयाँ र विधवा शीर्षकमा २ करोड २७ लाख ४३ हजार रुपैयाँ खर्च भएको छ ।
अपाङ्गता भएका व्यक्तितर्फ पूर्ण अपाङ्गता शीर्षकमा ३३ लाख ३० हजार रुपैयाँर अति अशक्त अपाङ्गता शीर्षकमा ५७ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ । साथै, दलित बालबालिका शीर्षकमा नगर पालिकाले ६ लाख ५ हजार रुपैयाँ खर्चेको शाखा प्रमुख कार्कीले जानकारी दिए ।

















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्