मकवानपुरको मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको सरुवा भएपछि मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन बनेको हो ।

मनहरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत प्रदीप पराजुलीका अनुसार सरुवा हुनुभएका सुवेदीलाई पालिकाले शुक्रबार विदाई गरिएको छ । उहाँका अनुसार सुवेदीले मनहरीका २ वर्ष ९ महिना ९ दिन काम गर्नुभयो । सुवेदी सरुवा भएर जिल्ला समन्वय समिति चितवन जानु भएको हो ।

संघीय सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएसम्म मनहरी गाउँपालिकाको कार्यालय प्रमुखविहिन रहनेछ ।

पालिका प्रेस
थप जानकारी