रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका मकवानपुरका ६२ जना अझै सम्पर्कविहीन रहेका छन् । भदौ १० गते आएको बाढीपछि उनीहरुको अवस्था हालसम्म अज्ञात रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासनकाअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरका २२ जना छन् । थाहा नगरका २० जना, मनहरीका चार, बकैयाका तीन तथा भीमफेदी, मकवानपुरगढी, कैलाश र राक्सिराङका दुई/दुई जना रहेका छन् । थप छ जनाको ठेगाना खुलेको छैन । बाढीमा हराएका व्यक्तिको खोजी तथा उद्दारका क्रममा हालसम्म मकवानपुरका ४७ जनाको उद्दार गरिएको प्रशासनले जनाएको छ । यस्तै बाढीमा परी मकवानपुरका पाँच जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । प्रशासनले सम्पर्कविहीन रहेका व्यक्तिको खोजी तथा पहिचानका लागि आफन्तबाट आवश्यक विवरण र नमुना संकलन गर्ने कार्यसमेत अघि बढाएको जनाएको छ ।

सम्पर्कविहीन हुनेमा हेटौंडाका ई. निरज श्रेष्ठ, युकेश डंगोल, अशोक स्याङतान, उमेश लोप्चन, विकास थिङ, तेजश्वी अर्याल, बिमल बर्तौला, सार्थक घिमिरे, बुद्धिबहादुर गुरुङ, चन्द्र तामाङ, सुमन तामाङ, प्रदीप सापकोटा, सुन्दर गोले, उमेश रानामगर, विवेक गुरुङ, बुद्धरत्न घलान, हीरा स्याङ्तान, सुमन थिङ लामा, सञ्जय लामा, मिलन बस्नेत, विनोद गुरागाईँ र झरना नेपाली रहेका छन् ।

थाहा नगरपालिकाबाट रामेश्वर लामा, सूर्य गोपाली, सोनम गोले, विजय बलामी, हीरा लामा, सुदीप कार्की, सबिन लो, लालबहादुर लामा, प्रशान्त कार्की, राजु बल, कृष्ण थिङ, रेलबहादुर अधिकारी, रञ्जन अधिकारी, सुदीप वाइबा, राजु तामाङ, भुवन लामिछाने, टीकालाल लामा, प्रदीप बर्तौला, सोमलाल गोले र वुद्धिमान स्याङ्तान सम्पर्कविहीन छन् । मनहरीका दुर्गासिंह लामा डिम्डुङ, सरोज थापामगर, गुणराज उप्रेती र सरोज कुमार लो लामा तथा बकैयाका मदनराज स्याङ्बो, सोमबहादुर बोम्जन र रमेश घिसिङ पनि हालसम्म सम्पर्कमा आएका छैनन् ।

त्यस्तै मकवानपुरगढीका सोम स्याङ्तान र सूर्यबहादुर घलान, भीमफेदीका साजन लामा स्याङ्बो र हीरालाल विक रसाइली, कैलाशका महेन्द्र दर्लामी मगर र अञ्जन ढकाल तथा राक्सिराङका भक्तबहादुर स्याङ्तान सम्पर्कविहीन छन् । ठेगाना नखुलेका दिलिप गोहिन्जार, उत्तमकुमार न्यौपाने, डिल्लीबहादुर पन्थक्षेत्री, अर्जुन बलामी, राजु थापा र राजेन्द्र श्रेष्ठको अवस्थासमेत अज्ञात रहेको प्रशासनले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी