नेकपा एमाले थाहानगर कमिटिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्वाचित भएका छन् । एमाले थाहानगरको तेस्रो अधिवेशनबाट प्रधान निर्विरोध निर्वाचित भएका हुन् । २८ फागुनमा पालुङ जेसिज सभाहलमा भएको अधिवेशनमा अध्यक्ष पदका लागि कल्पना बलामी, बिमल कुमार ढकाल र बलराम थापाले उमेद्वरी दर्ता गराएका थिए ।

वि.सं. २०५३ सालबाट अनेरास्ववियु जनकल्याण मावि प्रारम्भिक कमिटीबाट राजनीति शुरु गरेका प्रधान सोही कमिटिको सचिव भएका थिए । वि.सं. २०५९ सालमा जिल्ला कमिटी उपाध्यक्ष, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय प्रचार विभाग सदस्य समेत भएका थिए । एमाले संवद्ध प्रेस चौतारी मकवानपुरका संस्थापक सदस्य रहेका प्रधान प्रस्तावित थाहा नगर कमिटीको सचिव थिए । उनले २ कार्यकाल सचिव भएर थाहानगर कमिटिमा काम गरेका छन् । एमाले मकवानपुर जिल्ला कमिटि सदस्य पदमा उनी दुई कार्यकाल निर्वाचित भैसकेका छन् । प्रधान पछिल्लो समय थाहानगर सह–ईञ्चार्जको जिम्मेवारीमा रहेका थिए ।

नगर कमिटिको उपाध्यक्षमा हेम कुमार थिङ, सचिव सुजन रायमाझी, उप सचिव (महिला)मा तुलसा विष्ट, उपसचिव खुल्लामा सुर्य बहादुर दोङ निर्वाचित भएका छन् । अधिवेशनले ६७ सदस्यीय नगर कमिटि चयन गरेको छ ।

हेर्नुहोस् सदस्यहरुको नामावलीः

पालिका प्रेस
थप जानकारी