मकवानपुरको दुईसहित नेपालमा २ हजार ६ सय ७४ शहीद थपिएका छन् । मकवानपुरमा पछिल्लो पटक मनहरी–४ की अन्जु रेग्मी र हेटौंडा १२ का एकनाथ सुवेदी शहीद घोषित भएका हुन् ।

सरकारले गरेको घोषणाको निर्णय अनुसार थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ । २४ पुसको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

सूची हेर्नुस्

powered by Advanced iFrame

 

पालिका प्रेस
थप जानकारी