मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको ९ नम्बर वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा प्रबाह गरेको छ । नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएसँगै आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरेका हुन् । रत्नकुमारी एण्ड सन्स हेटौंडाले ७९ लाख ११ हजार ८ सय ३६ रुपैयाँ ६८ पैसामा साढे २ तले भवन निर्माण कार्य सम्पन्न गर ेको हो । स्थानीय दुवमाया कालाखेतीले आफ्नो स्वर्र्गीय श्रीमानको स्मृतिमा उपलब्ध गराएको एक कठ्ठा १२ धुर जग्गामा वडा कार्यालय भवन निर्माण भएको वडाअध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । भवन निर्माणका लागि २०७६ माघ १ गते बोलपत्र आव्हान भएको थियो । एक करोड ३३ लाख ९० हजार रुपैयाँको स्टमेट गरिएकोमा ८८ लाख ८५ हजार ६६ रुपैयाँ ८० पैसामा ठेक्का लागेको थियो । नवनिर्मित भवनको ६ वटा अफिस कोठासहित एउटा हल, गेष्ट रुम, किचन र शौचालय रहेको छ । वडाअध्यक्ष श्रेष्ठले नयाँ भवनबाट थप गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य बानियाँले व्यवस्थालाई कमजोर बनाउनेहरु सक्रिय हुन थालेको भन्दै अब जनताको अवस्था परिवर्तन हुन नदिनेहरु चिन्न जरुरी रहेको धार णा राखे । जनप्रतिनिधिलाई उनले सेवामुखी काम गर्न सुझाव दिए ।
मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले अब मनहरी गाउँपालिकाको एउटा मात्रै वडाको भवन निर्माण हुन बाँकी र हेको जानकारी दिँदै मनहरी–४ को पनि तिहारपछि ठेक्का लाग्ने बताए । उनले जनप्रतिनिधिलाई सेवा प्रवाहमा ध्यान दिन अनुरोध गर्दै आवश्यक सहयोगका लागि गाउँपालिका तयार रहेको बताए । मनहरी गाउँपालिकाले गरेको काम जनताले महसुस गर्न थालेका दावी गर्दै अध्यक्ष कालाखेतीले निःशुल्क स्वास्थ्यबीमा र छात्रवृत्ति कार्यक्रम प्रभावकारी भएको बताए । कार्यक्रममा जग्गादाता कालाखेतीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा मनहरी–८ का वडाअध्यक्ष नारायण उप्रेती, ९ नम्बर का निवर्तमान वडाअध्यक्ष साधुराम अधिकारी, वडासदस्य गुप्तबहादुर थापा लगायतले मन्तव्य व्यक्त गर ेका थिए । मनहरी–४ को वडा कार्यालयको भवन निर्माण हनुन नसक्नुको प्रमुख कारण जग्गा छनोट हुन नसकेको र वडा कार्यालय कहाँ निर्माण गर्ने ? भन्ने बिषयमा पनि सहमति नजुटेको बताइएको छ ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्