मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा १९ कात्तिकबाट दिपावाली कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिता अन्तर्गत १९ कात्तिकमा भएको उद्घाटन खेलमा लालिमा युवा क्लब विजयी भएको छ । सेतिदेवी पाहुना टिमलाई १ गोलले पछि पार्दै लालिमाले जित निकालेको हो । दोस्रो खेलमा लिटल स्टारले ३ गोल गर्दै स्मल स्टारलाई पराजित गरेको छ ।
प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख शिल्ड मेडल प्रमाण पत्र सहित प्रमाणपत्र पाउने छ भने दोस्रो हुने टिमलाई पनि नगद ५० हजार शिल्ड मेडल प्रमाण पत्र पुरस्कार पाउने छ ।
उद्घाटन कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्षा उमा कुमारी लामा वडा नम्बर ४ को वडा अध्यक्ष चन्द्र कुमार बल वडा नम्बर ३ को वडा अध्यक्ष प्रताप भोम्जन, राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्ष कृष्णहरि केसी। बागमति प्रदेश खेलकुद माहसंघको साहइन्चार्ज बुद्धिराम डिम्डुङ जयराम डिम्डुङको आतिथ्यता रहेको थियो ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्