मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रक्तदान कार्यक्रम भएको छ । १८ कात्तिकमा भएको रक्तदान कार्यक्रममा १४ महिला र २६ पुरुषसहित ४० जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सेसाइटी मकवानपुर शाखाको प्राविधिक रसहयोगमा भएको कार्यक्रममा नेपाल रेडक्रस सेसाइटी इन्द्रसरोवर उपशाखाले सहकार्य गरेको थियो भने आयोजना मितेरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक उत्सवको अवसरमा संस्थाले गरेको हो । कार्यक्रममा रेडक्रस मकवानपुरका खेमराज सापकोटा सहितको टोलीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अमूल्य रक्तदान गर्ने रक्तदाताहरुलाई नेपाल रेडक्रस सेसाइटी उपशाखा इन्द्रसरोवरले धन्यवाद सहित आभार व्यक्त गरेको जनाएको छ ।

पालिका प्रेस
थप जानकारी